रिया आइएमईद्वारा ५ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

रिया आइएमईद्वारा ५ लाख सहयोग



काठमाडौं । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५,००,००० ( नेपाली रुपैंयाँ पाँच लाख) सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा भेटि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुँन ।

प्रकाशित : १३ भाद्र २०७४, मंगलवार १५:२६