युनाइटेड इन्स्योरेन्सकाे लाभांस र हकप्रद अनिश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड इन्स्योरेन्सकाे लाभांस र हकप्रद अनिश्चित



काठमाडौँ। युनाइटेड इन्स्योरेन्स कम्पनीले घोषणा गरेको लाभांस र हकप्रद सेयर अनिश्चित भएको छ। कम्पनीले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण स्वकृतिको लागि बीमा समितिमा पठाएको थियो।
कम्पनीले पठाएको विवरणलाई अझै परिस्कृत गरेर पेश गर्न समितिले निर्देशन दिएसँगै कम्पनीले घोसणा गरेको लाभांस र हकप्रद पनि स्थगन गरिएको हो।
कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र एक बराबर एक को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो। कम्पनीले बुधबार सुचाना जारि गर्दै अर्को निर्णय नभए सम्मका लागि घोषणा भएको लाभांस र हकप्रद स्थगन भएको जनाएको छ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार १४:४९