मेघा बैँकको ५ वर्षमा २१ अर्ब १३ करोड निक्षेप संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मेघा बैँकको ५ वर्षमा २१ अर्ब १३ करोड निक्षेप संकलन



काठमाडौं । मेघा बैँक पाँचौ वर्ष पुरा गरी छैठों वर्षमा प्रवेश गरेको छ । पाँचौ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बैँकका अध्यक्ष प्राध्यापक डाक्टर मदन कुमार दाहालले आफनो बैंक सुदृढिकरण र विस्तारको चरणमा प्रवेश गरेको बताए ।

उनले मुलुक बाहिर संयुक्त लगानीमा कारोबारको सुरुवात, क्षेत्रीयस्तरमा कार्यलय विस्तार तथा ग्रामीण क्षेत्रमा बैँकिङ पहुँचलाई विस्तारगर्ने यस वर्षको लक्ष्य रहेको बताए । बैँकले संचालनको पाँचवर्षमा २१ अर्ब १३ करोड रुपैंया निक्षेप संकलन तथा १७ अर्ब ९९ करोड रुपैंया कर्जा तथा लगानी गरेको छ ।

यसवर्ष मध्य र सुदुरपश्चिममा चार, अछाम र डडेलधुरामा दुई वटा थप शाखा विस्तार गर्ने बैँकको योजना छ । हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम बैँकले साना तथा मझौला व्यवसाय र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ भने देशभर २८ वटा शाखा सहित ३१ वटा एटिएम सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार ०३:२३