१८ दशमलव ३३ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१८ दशमलव ३३ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबार को अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ । । आज नेप्से १८ दशमलव ३३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । बिहिबार कारोबारमा आएका १६० कमपनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयरबाट ८४ करोड ९१ लाख १५ हजार ३ सय १९ रुपैयाको कारोबार भएको छ।
बिहिबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । बिहिबार इन्स्योरेन्स समुह १ सय ४७ दशमलव १ अंकले ओरालो लागेको छ। बिहिबार विकास बैँक समुह २४ दशमलव ६६ अंकले,जलविधुत समुह १७ दशमलव ३१ अंकले,बैक समुह १६ दशमलव १५ अंकले,होटल समुह ११ दशमलव १३ अंकले,फाइनान्स समुह १० दशमलव २३ अंकले, अन्य समुह १ दशमलव ७४ अंकले र उतपादनमुलक समुह १ दशमलव ४१ अंकलले ओरालो लागेको छ।

 

 

 

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार १५:४५