आईपीओको भाउमा एफपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईपीओको भाउमा एफपीओ



काठमाडौं । नेपाल ग्रामीण विकास बैंक लिमिटेडले फर्दर पब्लिक अफरिङ अर्थात एफपीओ निष्काशन गरेको छ । बैंकले भदौ २७ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको हो ।

बैंकले पूँजी बढाउन ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ कै भाउमा अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ९ करोड ७५ लाख रुपैयाँको शेयर निष्काशन गर्न लागेको हो । आईपीओको भाउमा नै एफपीओ निष्काशन गर्न लागेको यो कम्पनीको शेयर मूल्य विहिबार ९२१ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ ।
बैंकको एफपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैंककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।
बैंकको शेयरमा लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ११:२६