आर्थिक पत्रकारहरुको चुनाव आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक पत्रकारहरुको चुनाव आज



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आज (शुक्रवार) निर्वाचन हुँदैछ । आर्थिक पत्रकारहरुको साझा थलो सेजनको निर्वाचनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । प्रत्येक दुई वर्षमा हुने सेजन चुनावमा दुई दर्जन बढी पत्रकारले उम्मेद्वारी घोषणा गरेका छन् । अध्यक्ष पदमा पुष्पराज आचार्य र मोदनाथ ढकाल प्रतिस्पर्धामा छन् । ढकाल दि राइजिङ नेपाल र आचार्य दि हिमालयन टाइम्समा कार्यरत छन् । दुवै उम्मेद्वार अहिलेको कार्यसमितिमा पनि छन् । उपाध्यक्ष पदका लागि बिजमाण्डू डट कमका प्रभात भट्टराई र बिजखबर डटकमका रामराजा श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवमा ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । कारोबार दैनिकका भीम गौतम, नयाँ पत्रिकाका जनार्दन बराल, क्लिकमाण्डू डटकमका  अनुजराज ढुंगेल महासचिवको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यस्तै सचिवमा अन्नपूर्ण पोष्टका नविन अर्याल र क्यापिटल म्यागजिनका सुजन ओलीबीच प्रतिस्पर्धा हुँदैछ । यता, कोषाध्यक्षमा कारोबार दैनिककी सरस्वती ढकाल र थाहा खबर डटकमका भागवत भट्टराईले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सदस्यहरुमा नेपाली पैसा डट कमकी एलिजा उप्रेती, मेरो लगानी डट कमका परमेश्वर अधिकारी, रिपब्लिक दैनिकका सागर घिमिरे, इमेज टिभीका हिमाल पौडेल, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, कारोबार दैनिकका शिव बोहरा, हिमालय टाइम्सका लेखनाथ पोखरेल र कान्तिपुर टिभीका सुमन पन्तले उम्मेद्वारी घोषणा गरेका छन् । व्यावसायिक पत्रकारहरुको साझा संस्था सेजनमा २४६ जना सदस्यले सदस्यता नवीकरण गराएका छन् । यस आधारमा यो वर्ष सेजनको चुनावमा २४६ जनाले मताधिकार प्रयोग गर्न सक्नेछन् । हाल सेजनमा गोकर्ण अवस्थीले नेतृत्व गरिरहेका छन् ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ११:४७