एनआइसी एसियाको २०% बोनसकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसियाको २०% बोनसकाे मूल्य समायोजन



काठमाडौं ।नेप्सेले एनआइसी एसिया बैँकको २०% बोनस शेयरकाे मूल्य समायोजन भएकाे छ । एनआइसी एसियाको २०% बोनस पछिको भाउ ३६८ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ४६५ रुपैयाँ हो । अब नेप्सेमा कारोबार खुल्दा एनआइसीको पहिलो कारोबार ३६८ रुपैयाँमा हुनेछ । एनआइसीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा २०% बोनस र कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो । यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो । हाल एनआइसी एसियाको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैयाँ छ । २०% बोनसपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ ११ लाख १६ हजार रुपैयाँ पुग्नेछ । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार १२:२१