नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई २१ दशमलव ८५ प्रतिशत बोनस शेयर दिने भएको छ । कोषको शुक्रबार सम्पन्न २१ औ बार्षिक साधारण सभाले शेयरधनीलाई उक्त बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ ।कोषले आर्थिक वर्ष २०७१/७२ मा गरेको मुनाफाबाट उक्त लाभांस वितरण गर्ने भएको हो । कोषले उक्त आर्थिक वर्षमा १८ करोड ६१ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

कोषको उक्त सभाले २१ दशमलव ८५ प्रतिशत बोनस र कर प्रयोजनका लागि१ दशमलव १५ प्रतिशत नगद लाभांस दिने समेत निर्णय गरेको छ । उक्त साधारण सभाले कोषमा नयाँ संचालक समेत चयन गरेको छ । सर्वसाधरण शेयरधनीको तर्फबाट अशोक बुढाथोकी र वित्तीय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेशकुमार अग्रवाल सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार १५:५८