उपलब्धि आफ्नै भवनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उपलब्धि आफ्नै भवनमा



काठमाडौँ । उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा साहित्यिक पुरस्कार वितरण गरेको छ । संस्थाले सो अवसरमा आफ्नै भवनको हलमा विभिन्न कार्यक्रम आयोजना गरी मनायो । दीप–गोविन्द स्मृति सम्मान कोषले गत वर्ष नेपाली साहित्यमा योगदान पु¥याएका कृति छनोट गरेर विभिन्न चार विधाका साहित्यकारलाई सम्मान गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले दीप–गोविन्द स्मृति सम्मान ‘समसामयिक नेपाली कथाः समस्या सन्दर्भ’ (समालोचना) कृतिका लागि किशन थापा ‘अधिर’लाई तथा सरु पोखरेललाई ‘चिसो घाम’ (कथासङ्ग्रह)का लागि रु सात हजार पाँच सयसहित सम्मान गरे ।

त्यस्तै नेपाली कथाको अनुसन्धान र लेखनमा योगदान पु¥याएबापत डा दयाराम श्रेष्ठलाई ‘ध।च। गोतामे स्मृति सम्मान’ तथा सिर्जनात्मक लेखन र पत्रकारितामा दिएको योगदानलाई कदर गर्दै जयदेव भट्टराईलाई ‘गोपाल गोतामे स्मृति सम्मान’ दिइयो । उनीहरुले जनही रु १०⁄१० हजार प्राप्त गरे ।

दीप–गोविन्द स्मृति सम्मान कोषको स्थापना दुई दाजुभाइ धनुषचन्द्र तथा डा धु्रवचन्द्र गौतमले आफ्ना आमा बुवाको नाममा २०६० सालमा गर्नुभएको हो । स्थापनाकालदेखि नै कोषले प्रत्येक वर्ष साहित्य क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

सो अवसरमा डा धु्रवचन्द्र गौतमका कथाहरुलाई समेटेर तयार पारिएको ‘समग्र–कथा’ नामक कथा सङ्ग्रहको पनि विमोचन गरियो ।

कार्यक्रममा केन्द्रीय सदस्य खाँडले देशको सामाजिक राजनीतिक विकासमा साहित्यकारले साहित्यमार्फत योगदान पुर्याएको चर्चा गर्दै भने, “नयाँ बन्ने संविधानका लागि पनि विज्ञ र साहित्यकारको सुझाव जरुरी छ ।”

सम्मानित व्यक्तित्व डा श्रेष्ठले अझै राम्रो साहित्य सिर्जना गर्न सम्मानले हौस्याएको बताए ।

सोही कार्यक्रममा उपलब्धि बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वाार्षिकोत्सवका अवसरमा सहकारीका कर्मचारीका प्रवेशिका परीक्षा उतीर्ण छोराछोरीलाई संस्थाले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार ०४:५५