प्राथमिक सेयरलाई यसरी बुझाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

प्राथमिक सेयरलाई यसरी बुझाै



कम्पनीले पहिलोपटक जारी गरेको वा निष्काशन गरेको सेयर कारोबार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । कम्पनीले प्रथम पटक निष्काशन गरेको सेयरलाई IPO ( Intial Public offering) भनिन्छ ।

कम्पनीलाई पूँजिको आवश्यकता परेपछि सर्वसाधारणबाट पूँजि संकलन गर्नको लागि IPO निकाल्ने गर्दछ । कुनै पनि कम्पनीले IPO निष्काशनको दरखास्त लिने कार्य बिक्री खुला भएको मितिबाट न्यूनतम चार र अधिकतम पन्ध्र दिनसम्म हुन्छ ।

हामिहरुले यो चार दिन भित्र IPO खरिद गरिसक्नु पर्छ र न्यूनतम ५० कित्ता रु ५०००/ हजार सम्मको IPO किन्न सकिन्छ ।
IPO को दरखास्त फारम कम्पनीले तोकेको निष्काशन कम्पनी केन्द्र र अहिले आस्वा प्राणली सेवा प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाबाट लिएर भरेर तेहि बुझाउन पनि सकिन्छ फारमको साथ नागरिकताको फोटोकपी र एउटा PP फोटो पनि चाहिन्छ ।

IPO किन्दा रु ५०००/ सम्म नगदै पैसा वा cheque बुझाउन सकिन्छ भने रु ५०००/ भन्दा माथिको IPO किन्ने हो भने अनिवार्य रुपमा cheque बुझाउनु पर्दछ ।

यसरी तपाईहरुले कुनै पनि कम्पनीले निकालेको IPO किन्न सक्नुहुन्छ । अहिले कुनै पनि सेयर खरिद गर्दा DMAT (Dmaterials) खाता चाहिन्छ यो खाता कुनै पनि broker वा Merchent बैंकमा गएर खोल्न सकिन्छ यो खाता भनेको सेयरको विबरण राख्ने खाता हो ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १०:३७