पानीपुरीको बिजनेसः थोरै लागत, कम मिहिनेत अधिक मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

पानीपुरीको बिजनेसः थोरै लागत, कम मिहिनेत अधिक मुनाफा



पानीपुरीको व्यापार यो कम लागत र कम समयमा नै अधिक अाम्दानी दिने बिजनेस हो । तपाईलाई अचम्म लाग्ला पानीपुरीको व्यवसायलाई देखेर धेरै ब्रन्डेड बिजनेस कम्पनी पनि यो व्यापारलाई पछ्याउन थालेका छन ।

यो बिजनेस गल्ली र चाैउर हुदै ५ तारे होटलमा समेत पुगेको छ । पानीपुरी प्राय सबै वर्गका मानिसहरु खान मनपराउछन बिशेष गरि युवाहरुमाझ यो निकै लोकप्रिय रहेको छ । यो व्यवसाय सबैले गर्न सक्छन । यसका लागि निकै पढेलेखेको पनि हुन जरुरी छैन । नत यो व्यवसाय शुरु गर्नको लागि ठूलो स्थानको जरुरी हुन्छ । यो व्यवासाय ठेलामा सुरु गर्दा हुन्छ । यो व्यवसाय बस स्टेसन, मेन मार्केट , पार्कसाइड, कलेज र कोचिङ सेन्टरको अासपास खोल्न सक्नुहुन्छ ।

यो बिजनेस सुरु गर्दा अाफ्नै हिसाबले लगानी गर्न सक्नु हुन्छ । बजेट कम भए सानो र ठूलो भए ठूलै तरिकाले यो व्यसाय थाल्नुस । यो व्यवसाय शुरु गर्दा केही भाडाहरु खरिद गर्नु पर्छ । साथै पानीपुरीको लागि तपाइले प्रतिदिन सामाग्रीहरु पनि खरिद गर्नु पर्ने हुन्छ ।
यस व्यवसायको मुख्य बिशेषता भनेको बिस्तारै बिस्तारै लागत र प्रोफिट एकै पटक अाउछ । पानीपुरीको बिजनेस भनेको दुइचार घन्टाको बिजनेस हो यो समयमा तपाइले राम्रो कमाइ गर्न सक्नु हुन्छ । यसको बिक्रिको सही समय दिउसो ३ बजे देखि राती ८ बजे सम्म हुन्छ ।

यी कुरा ध्यान दिनुस

यदि तपाई पानीपुरीको बिजनेस सुरु गर्ने हो भने केही कुरालाई ध्यानमा राख्नै पर्छ । पानीपुरीमा खास भनेकै त्यसको पानी हो । पानीपुरीका लागि तपाईले टेष्टी पानी बनाउनु हुन्छ भने सम्झनुस तपाईको बिजनेस हिट भयो ।

बिजनेसमा सफलताको लागि व्यवहार जरुरी हुन्छ । तपाईले ग्राहकलाई गर्ने व्यवहार राम्रो देखाए मालामाल हुन समय लाग्दैन ।

पुरीको प्याकेट घरमा बनाउनु भन्दा बजारबाट नै खरिद गर्नुस । किन्दा धेरै खरिद गरेर स्टकमा नराख्नुस । पुरी लामो समय सम्म राखे यो हानिकारक बन्छ ।

पानीपुरीको पानीको लागी अमिलोको जरुरी हुन्छ । अफसिजनमा अमिलोको मुल्य बढ्छ र कहिलेकाही त यो बजारमा नि पाउन सकिदैन । सिजनमा नै धेर थोर अमिलो खरिद गरेर राख्नुस ।

पानी पुरी दिदा कागज र र पात दुबैको प्रयोग गर्नुस ।

सबै भन्दा महत्वपुर्ण कुरा भनेको सरसफाई नै हो । तपाईले व्यवसाय शुरु गर्ने स्थानको वरपर र खाद्यसामाग्रीको साथै स्वयमको सफाइमा समेत ध्यान राख्नुस् । भाड सफा राख्नुस र पानीपुरी दिदा हातमा पन्जा लाउनुस पन्जा बजारमा प्रसस्त पाइन्छ ।

यो बिजनेश पार्ट टाइम र फुलटाइम गर्न सक्नु हुन्छ । यसको लागि घरका महिलाको सहयोग लिन सक्नु हुन्छ । पानीपुरी बेच्नको लागी कुनै बिशेष तालिमको अावश्यकता हुदैन ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार १०:०७