राजधानीमा ८८ किलो सुन सहित एकजना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

राजधानीमा ८८ किलो सुन सहित एकजना पक्राउ



काठमाडाै । नेपाल प्रहरीको टोलीले राजधानीबाट अहिलेसम्म कै ठुलो परिणामको अबैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन सहित एक जनालाई प्रक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको हो । टाटा ब्राण्डको गाडीमा अवैध सुन ल्याएको सूचनाको आधारमा खटिएको टोलीले बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरेको हो ।
प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । सुन चिनियाँ नाका केरुङ हुँदै नेपाल भित्र्याइएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार १२:०८