सुनको भाउ ह्वात्तै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउ ह्वात्तै बढ्यो



काठमाडाै । सुनको भाउको उकालो यात्राले तीव्र पाएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउले प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँको बिन्दूले उकालो लागेको हो ।

ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तर्राष्ट्रिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो । आइतबार प्रति तोला ५६ हजार ८ सय रुपैयाँको उचाईमा पुुगेको सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले बढेर सोमबार ५७ हजार रुपैयाँ कायम भएको हो ।

 

प्रकाशित : १९ भाद्र २०७४, सोमबार १२:२८