बन्दका कारण देशका प्रमुख सहरको जनजीवन कष्टकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्दका कारण देशका प्रमुख सहरको जनजीवन कष्टकर



लिपुलेक सम्झौता विरुद्ध र  संविधान निमार्ण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण शुक्रबार  विहानैदेखि राजधानी लगायत देशका प्रमुख सहरको जनजीवन कष्टकर बनेको छ । राजधानीका अधिकांश पसलहरु बन्दरहेका छन् । फाट्फुट् नीजी सवारी साधानहरु चले पनि अधिकांश सार्वजानिक सवारी साधनहरु भने ठप्प रहेको छ । काठमाडौमा बन्दका कारण प्रहरीलको बाक्लो उपस्थिती रहेको छ । प्रहरीले विहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने विप्लव माओवादीका नेता कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

बन्दको क्रममा माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रिय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली सहित हाल सम्म ५२ जना नेता कार्यकर्तालाई विभिन्न चोकहरुबाट प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिषद्ले जनाएको छ  । बन्दको प्रभाव काठमाडौं मात्रै नभएर देशका मुख्य सहर पोखरा, चितवनमा जस्ता सबै सहरहरुमा परेको छ ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार ०६:०७