सानिमा बैंकले १६% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकले १६% लाभांश दिने



काठमाडाै । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।

नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।

गत वर्ष सानिमा बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ८९ करोड रहेको छ । १६ प्रतिशत बोनस सेयरको पूँजीकरणपछि चुक्तापूँजी वृद्धि भई ८ अर्ब पुुग्नेछ ।

 

प्रकाशित : १९ भाद्र २०७४, सोमबार १२:३२