लक्ष्मी हुन्डाईद्वारा २ नयाँ गाडी सार्वजानिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

लक्ष्मी हुन्डाईद्वारा २ नयाँ गाडी सार्वजानिक



काठमाडौं । नेपालका लागि हुण्डाइ कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आप्mनो बहुप्रतिक्षित प्रिमियम ह्याचब्याक ‘इलाइट आई २०’ र क्रसओभर ‘आई २० एक्टिभ’ आज सार्वजनिक गरेको छ ।

सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुण्डाइका यी गाडीबाट अभुतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हाँसिल गर्ने कम्पनीको दावी छ ।   \

इलाइट आइ २० जर्मनीको रुसलसेम स्थित हुण्डाइ मोटर्स डिजाइन सेन्टर युरोपमा डिजाइन गरिएको यो गाडी भारतीय बजारमा २०१४ मा पहिलो पटक सार्वजानिक गरिएको थियो ।

परिष्कृत शैली, यात्रुको आरामदायीतालाई ध्यानमा राखेर तयार पारिएको यो गाडीले हुण्डाइको विशेषतालाई झल्काउँछ । आप्mनो सेगमेण्ट अन्तर्गतका अन्य गाडीहरुको तुलनामा अत्याधुनिक विशेषतायुक्त भएकोले पनि, यसले ड्राइभर अनि यात्रुहरुलाई आरामदायी यात्रासँगै पूर्ण सन्तुष्टि तथा खुशी प्रदान गर्न पर्याप्त छ । यो लगातार दुइ पटक आइकोटी पुरस्कार जित्न सफल एकमात्र गाडी निर्माता हो ।

एक्टिभ आइ २० यो गाडी भित्री तथा बाहिरी रुपमा समेत आकर्षक एवम् शक्तिशाली छ भने सहरी परिवेश अनि राजमार्गहरुको प्रयोगका लागि पनि उत्तिकै उपयुक्त देखिन्छ । यसको अत्याधुनिक विशेषताले यात्रालाई आरामदायी एवम् थप अविश्मरणिय बनाउनुका साथै ड्राइभर अनि यात्रुहरुलाई खुशीसँगै पूर्ण सन्तुष्टि प्रदान गर्दछ ।

स्टाइल, स्पेस, मूल्य र प्राविधिकविशेषतामा सजग उपभोक्तालाई ध्यानमा राखेर हुन्डाईले आई २० एक्टिभको विकास गरेको हो ।

बजारमा यी गाडीहरु ३२ लाख ५६ हजार रुपैयाँ देखि ४३ लाख ५६ हजार रुपैयाँ सम्मको मुल्यमा उपलब्ध छन् ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार ०६:२२