एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् ।

कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ । राष्टिय वाणिज्य बैंकमा पूर्व सीईओ शर्मासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२ वर्ष र एनएजीमा ४ वर्ष सञ्चालक समितिमा अध्यक्षा तथा सञ्चालक रहेर काम गरेकाे अनुभव छ ।
शर्मालार्इ सीर्इअाेमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढेकाे र बीमा समितिकाे सहमति अाउन बाँकी रहेकाे कम्पनीकाे अध्ययक्ष विमलप्रसाद वाग्लेले बताए । बीमा कम्पनीकाे सीर्इअाे बन्नकाे लागि शर्माकाे याेग्यता पुगेकाे तर कम्पनीकाे तर्फबाट बुझाउनु पर्ने केही कागजपत्र नपुगेकाेले सहमति दिन केही ढिला भएकाे बीमा समिति स्राेतले बतायाे ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार ०९:०९