शिलबन्दीविरुद्ध दरबारमार्ग विकास बोर्डको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिलबन्दीविरुद्ध दरबारमार्ग विकास बोर्डको आपत्ति



काठमाडौं । सरकारी निकायबाट दरबारमार्ग क्षेत्रमा भएको अनुगमन र शिलबन्दीका सम्बन्धमा दरबारमार्ग विकास बोर्डले आपत्ति जनाएको छ । ‘सरकारी तवरबाटै पसल–पसलमा आई छापा मारी व्यापार व्यवसाय धरासयी भएको मात्र होइनm अन्तर्राष्ट्रिय ब्रान्डको समेत खिल्ली उडाउने काम भएको छ । यस्ले दरबारमार्ग क्षेत्रमा वर्षौदेखि राज्यलाई कर बुझाउँदै व्यापार गरिरहेका व्यापारीहरुको गरिमामा आँच आएको तथा ठूलो लगानीसमेत डुब्ने अवस्था आएको छ ।’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राज्यको गतिविधिविरुद्ध दरबारमार्गका व्यापारीले ऐक्यबद्धता जनाउँदै दरबारमार्गका सबै व्यापार व्यवसाय अनिश्चितकालका लागि बन्द गर्ने निर्णयसमेत गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार ११:२१