२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन 



काठमाडौं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले  बताए ।
दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शशेर राणाले पनि अबलोकन गरेका छन् । अबलोकपछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र ब्यबशायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने  मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए ।
बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका  स्टलहरु रहेका छन् ।  बताए ।  मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार १५:४०