श्रमिकहरुको न्यूनत्तम ज्यालामा पुनरावलोकन हुनुपर्छः रिमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

श्रमिकहरुको न्यूनत्तम ज्यालामा पुनरावलोकन हुनुपर्छः रिमाल



काठमाडाै । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिष्णु रिमालले अब सन् २०१८ को अप्रिलबाट श्रमिकहरुको न्यूनत्तम ज्यालामा पुनरावलोकन गर्नूपर्ने बताएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियनको दशौं राष्ट्रिय अधिबेशनको उद्घाटनका क्रममा शुक्रबार उनले, “श्रम ऐनले अहिले प्रत्येक २ वर्ष पुग्ना साथ बैशाख १ गतेबाट न्यूनत्तम ज्यालाको बारेमा बहस थालेर असार मसान्तमा टुङ्ग्याउने र साउन १ गतेदेखि लागु गर्नुपर्ने कानुनी व्यवस्था गरेको भन्दै अब यसमा कसैले पनि किचकिच गर्न नपाउने बताए ।

रिमालका अनुसार जसरी बजेट जेठ १५ गते अनिवार्य बजेट ल्याउने व्यवस्था गरिएको छ, त्यसैगरी ज्याला पुनरावलोकनको छलफल बैशाख १ गतेबाट सुरु हुन्छ र असार मसान्तमा निर्णयमा पुग्नुपर्छ । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट नै नयाँ रेटको ज्याला लागू हुन्छ । उनले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने भन्दै देशभरका श्रमिकलाई आफूहरुले तालिम दिने र जहाँ कानुन र श्रमिक हकसम्बन्धी कुरो तलमाथि परेको छ, त्यहाँबाट किटान भएर आएको उजुरी वा मुद्दाको आधारमा सरकारसँग भिड्ने काम महासंघले गर्ने बताए । रिमालले तीन दिन अगाडि श्रम ऐन २०७४ राष्ट्रपतिबाट लालमोहर लागेको जानकारी दिए । उनले अब एक जनालाई मात्रै पनि श्रममा लगाउँदा श्रम ऐन लागु हुने उल्लेख गरे । ऐनले अब प्रत्येक श्रमिकले काम सुरु गरेको दिनदेखि नै संचयकोष र उपदान लगायतका सुबिधाको ग्यारेन्टी गरेको रिमालको भनाई छ ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार १८:०५