भदौ २७ बाट दशैंको लागि अग्रीम टिकट खोल्न व्यवसायी सहमत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भदौ २७ बाट दशैंको लागि अग्रीम टिकट खोल्न व्यवसायी सहमत



यातायात व्यवसायीहरु भदौ २७ बाट दशैंको लागि अग्रीम टिकट खोल्न सहमत भएका छन् । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।
यातायात व्यवस्था विभागमा शनिबार भएको छलफलमा सो सहमति जुटेको हो । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि व्यवसायीले सडकको अवस्था खराब रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको कारण उल्लेख गर्दे बुकिङ खोल्न मानेका थिएनन् ।

बैठकमा सहभागी यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अग्रीम बुकिङ पुरानै भाडादरमा हुने र चाडबाड सकिएपछि बैज्ञानिक भाडादर निर्धारण प्रक्रिया अगाडि बढाउन सरकार सहमत भएको जानकारी दिए । बैठकमा यात्रुहरुको सामान बसको छतमा लैजाने विषयमा पनि सहमति भएको छ ।

दशैंका लागि काठमाडौंको नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुनेछ ।

दशै मनाउनकै लागि प्रत्येक बर्ष काठमाडाैंबाट २० लाख बढी यात्रु बाहिरिने गर्दछन् ।

प्रकाशित : २४ भाद्र २०७४, शनिबार १८:५७