निर्धन उत्थानका लगानीकर्तालाई बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थानका लगानीकर्तालाई बम्पर अफर



काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले लगानीकर्तालाई ६६.६७ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २२ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६६ दशमलव ६७ प्रतिशत बोनस र १४ दशमलव ०४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको ६६ दशमलव ६७ प्रतिशतले हुन आउने ४० करोडको बोनस र ८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १२:२२