गौतमश्री मार्टको दोस्रो आउटलेट सञ्चालनमा, शनिबारदेखि विक्री शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गौतमश्री मार्टको दोस्रो आउटलेट सञ्चालनमा, शनिबारदेखि विक्री शुरु



काठमाडौं । गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको दोस्रो आउटलेटले शनिबार देखि औपचारिक कारोबार शुरु गरेको छ । मार्टको पूर्वमन्त्री अग्नि सापकोटा र गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

मार्ट उद्घाटनमा पूर्व सचिब कृष्णहरि बास्कोटा, राष्ट्रिय ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष डम्बर देब अर्याल र एफएनसिसिआई सदस्य दिल सुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । दोस्रो आउटलेटको रुपमा शनिबारबाट संचालनमा आएको गौतम श्री मार्टमा गौतम श्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दहि, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गर्नेछ । मार्ट ओपनिङको अबसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट पाउने जनाएको छ । मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरु बिक्रीका लागि राखिएका छन् ।

 

 

काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीमा शनिबारबाट गौतम श्री मार्टको दोस्रो शाखा संचालनमा आएको हो । अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुध, घिउ, दहि र पनिरको को कारोबार शुरु गरेको छ । शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ ।

काभ्रेको पात्लेखेतमा उत्पादित अर्गानिक तरकारीका कारण चर्चामा आएको यस मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको प्रबन्ध निर्देशक राम बहादुर गौतमले बताए । साथै यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडी बढ्ने बताए । अनुभबी टिमलाई साथ लिएर शुरु गरिएका कारण यो मार्टले सफलता पाउनेमा ढुक्क रहेको उनले जानकारी दिए । झण्डै दर्जन सफल कम्पनी संचालनमा ल्याएका गौतमले ग्रोसरी र गार्मेन्ट ब्यापारमा समेत लगानी शुरु गरिसकेको छ ।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १२:२८