प्रतिभा बहुउद्धेश्यीयको सत्रौं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिभा बहुउद्धेश्यीयको सत्रौं वार्षिक साधारण सभा सम्पन्न



ललितपुर / थसीखेलमा रहेको प्रतिभा बहुउद्धेश्यीय सहकारी संस्थाको सत्रौं वार्षिक सधारण सभा सम्पन्न भएको छ । सभाको उद्धघाटन् राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले गरेका थिए । सभामा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संस्थामा ३ करोड ६४ लाख ९० हजार ४ सय रुपैंया शेयर पुँजी तथा ३२ करोड ६ लाख ५४ हजार ४ सय ३९ रुपैंया बचत संकलन रहेको जानकारी गराए । त्यसै गरी संस्थाले ३३ करोड ७१ लाख ३५ हजार १ सय ७४ रुपैंया असुली हुन वाँकी ऋण रहेको जानकारी गराएका छन् । जम्मा ६ हजार ६ जना सदस्य रहेको संस्थामा ५ हजार ३ सय ५ जना महिला सदस्यहरु रहेको संस्थाले विषेशत लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

कार्यक्रममा सहकारी विज्ञ दिपकप्रकाश बास्कोटा, पूर्व महिला तथा बालबालिका मन्त्री पम्फा भुषाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल लगाएत अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय हास्य कलाकार केदार घिमिरे,गायीका रोजी श्रेष्ठ गाएतका कलाकारले प्रस्तुती गरेका थिए ।

संस्थाले कार्यक्रममा लघुवित्त प्रमुख, एसइइ सम्मान, सदस्य सम्मान तथा कलाकारलाई सम्मान समेत गरेको थियो । संस्थाले बचत तथा ऋण लगानीका साथै सहकारी शिक्षा, बाख्रा पालन तालिम, उत्पादन मूलक सहारी उद्यम तथा वसायीक परियोजनामा लगानी गरी सदस्यलाई आत्म निर्भर र स्वरोजगार वनाएको अध्यक्ष तिमल्सिनाले जानकारी गराए ।

उनले सदस्य तथा समितिलाई सहकारी अध्यान भ्रमण गराई लगानीको सम्भाना खोजी गरी उत्पादन क्षेत्रमा सहकारीको लगानी वढाउने समेत वताए । संस्थाले सदस्यहरुलाई जन्म देखि मृत्यु सम्मका सेवा दिएको र सदस्यलाई आत्म निर्भर वनाउदै लगेको वताए ।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १२:३५