नेप्लिज एसोसियशनमा बिशालको उम्मेद्वारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्लिज एसोसियशनमा बिशालको उम्मेद्वारी



काठमाडौ । आउदो सेप्टेम्बर ४ देखि ६ तारिख सम्म अमेरिकामा हुने नेप्लिज एसोसियशन दक्षिण अमेरिकाको एघारौ सम्मेलनमा त्यँहाको प्रतिष्ठित बैंक वेल्स फर्गोको स्टार म्यानेजर अफ दि इयरको एवार्ड प्राप्त गर्न सफल बिशाल भारतीले कार्यकारी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । अमेरिकामा पहिलो पटक नेपाली युवाले प्रतिष्ठित बैंकको उत्कृष्ट म्यानेजरको एवार्ड जिते पछी त्यहा रहेको विभिन्न संघ सस्थाले सम्मान गर्नुका साथै संस्थाको नेतृत्व गर्न आग्रह गरेका थिए ।

11778093_1114965175237513_1400617200_n

जस अनुसार भारतीले उक्त संस्थामा नेतृत्वका लागि रुची देखाएका हुन् । उनले ९ हजार भन्दा बढी शाखाका हजारौ कर्मचारीलाई पछी पार्दै उत्कृष्ट म्यानेजरको एवार्ड जिते संगै नेपालमा समेत उनको खुलेरै प्रसंसा गरिएको थियो । यिनै बिशाल अहिले एसोसियशनको नेतृत्वका लागि अग्रसर देखिएका छन् ।

सामाजिक सेवाभाबको इच्छाले उम्मेद्वारी घोषणा गरेको बताउने बिशालले उम्मेद्वारी संगै ८ बुदे प्रतिबद्दता समेत गरेका छन् । आफु एसोसियसनको कार्यकारी उपाध्यक्ष पदमा बिजयी भए सदैब नेपाल र नेपालीको पक्षमा रहेर काम गर्ने बताएका छन् । देशमा गएको विनासकारी भूकम्पमा आफ्नो पहलमा कार्यरत बैंक बाट देशलाई करिब १ करोड रुपैँया सहयोग गरेको बताउदै नेपालको पुनःर्निर्माणमा सकृय भूमिका निर्बाह गर्ने प्रतिबद्दता गरेका छन् । साथै उनले कला साहित्य,मनोरंजन र खेलकुदका साथै हरेक सामाजिक कार्यमा आफ्नो उपस्थिति रहने प्रतिबद्दता गरेका छन् ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार १६:२७