यी हुन लगानीकर्ता हतोत्साहित हुनुका कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

यी हुन लगानीकर्ता हतोत्साहित हुनुका कारण



काठमाडाै । नेपाल इन्भेष्टर्स फोरमले पुंजीबजार केहि दिन देखि लगातार गिरावट आई लगानीकर्ताको मनोबलमा नकरात्मक असर पर्न गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बजार परिसूचक नेप्सेमा निरन्तर गिरावट आउनुको फोरमले  विभिन्न कारण औल्याएको छ। बिगतमा नेपाल सरकारले व्यक्त गरेको ब्रोकर मार्फत मार्जिन ल्यान्डिङ कार्य सुरु नगर्नु, बुक क्लोजपछि समायोजित मूल्यमा बोनस सेयरलाई धितोमा गणना गर्न नदिनु, नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा भूमिका निर्वाह गर्न नदिनु लगायतका कारणले लगानीकर्ता हतोत्साहित हुन गई बजार धरासायी बन्दै गएको फोरमको ठहर छ।

नेप्सेमा सुचिकृत संस्थाहरुको बार्षिक प्रतिफल प्राप्त गर्ने समय भएको, बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले मुद्दती निक्षेपमा दिने ब्याजदर र कर्जाको ब्याजदर क्रमश घट्दै गएको, कम्पनीहरुको मुनाफा वृद्धि सन्तोषजनक नै रहेको वर्तमान अवस्थामा लगानीकर्ता हतोत्साहित हुन नपर्ने बताउदै फोरमले बिबेक पूर्ण निर्णय लिएर लगानी गर्न आग्रह गरेको छ। साथै बजार सुधार तथा विकासका लागि फोरममा आबद्द भई ऐक्यबद्धता जनाउन समेत फोरमले आग्रह गरेको छ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार १४:२८