बन्दमा २७ सवारीसाधनमा क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्दमा २७ सवारीसाधनमा क्षति



काठमाडौं । नेत्रविक्रम चन्द समूहले गरेको बन्दका क्रममा बन्दकर्ताले देशका विभिन्न स्थानमा १९ सवारीसाधनमा तोडफोड र आठवटा सवारीसाधनमा आगजनी गरेका छन् । बन्दकर्ताले उश्रृंखल गर्दै हिंडेपछि केहीलाई नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ ।

सवारी साधन तोडफोड र आगजनीमा संलग्न तथा बन्द गराउँदै हिँड्ने मध्ये उपत्यकामा ९९ जना र उपत्यका बाहिर  एक सय ४८ गरी दुई सय ४७ जना पक्राउ परेका हुन् ।

बन्दको क्रममा जनजीवन अस्तव्यस्त भएपनि सुरक्षा सतर्कताका कारण कुनै अप्रि घटना नघटेको मन्त्रालयका सहायक प्रवक्ता खुमकान्त आचार्यले शुक्रबार जारी गरेको  विज्ञप्तिमा उल्लेख छ । बन्दको असर विहानै देखि साँझ पर्दा सम्म रहयो ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार १६:३३