भदौ २९ गतेदेखि पाँच दिन विदा दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भदौ २९ गतेदेखि पाँच दिन विदा दिने सरकारको निर्णय



काठमाडौं। सरकारले आउँदो असोज २ गते २ नम्बर स्थानीय तहको तेस्रो चरणको चुनाव हुने २ नम्बर प्रदेशमा भदौ २९ गतेदेखि पाँच दिन विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २ नम्बर प्रदेशमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन विदा दिने निर्णय गरेको हो । यस्तै बैठकले राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाउने निर्णय गरेको छ ।

यसैगरी विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बढीमा चार वर्षका लागि राहदानी जारी गर्ने निर्णय गरेको बैठकले दाताको संयुक्त कोषमार्फत विश्व बैंकले उपलब्ध गराउने १ अर्ब ५ करोड अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार १७:३३