सूर्या लाईफको बोनस शेयर पारित, ४० प्रतिशत हकप्रद पनि आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सूर्या लाईफको बोनस शेयर पारित, ४० प्रतिशत हकप्रद पनि आउदै



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Surya Life Insurance Company Ltd) को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर मोरङ्गमा सम्पन्न भएको हो ।

सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन पेश गरेका थिए । उक्त सभाबाट शेयधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३४ लाख ५३ हजार ९४७ रुपैयाँ नगद लाभांस पारित भएको छ । त्यस्तै सभाले बोनसपश्चात कायम हुने शेयर पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७४, बुधबार ०८:१७