२० अर्बको निक्षेप किन्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२० अर्बको निक्षेप किन्दै राष्ट्र बैंक



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले करिब २० अर्बको निक्षेप संकलन गर्ने भएको छ ।करिब ३ महिना समयावधिका लागि लिन लागेको यो रकमको व्याजदर भने बैंक तथा वित्तिय संस्थाबाट बोलकबोलका आधारमा तय गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थाले न्युनतम ५ करोड तथा अधिकतम ५ करोडले निशेष भाग जानेगरी निष्काशित रकम माग गर्न सक्ने जनाइएको छ ।

भोलि अर्थात साउन १० देखि निश्कासन हुन लागेको यो योजनामा कात्तिक ७ गतेसम्म साँवा ब्याज सहित भुक्तानी हुने पनि बैंकले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७२, शनिबार १०:३२