फेमिली तेल बिक्रीमा रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फेमिली तेल बिक्रीमा रोक



काठमाडौं। आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले शिवशक्ति उद्योगमा शिलबन्दी गरेको छ । विभागले फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा मंगलबार छापा मारेको हो ।

विभागले अनुगमनका क्रममा अखाद्य तेल उत्पादन गरेर उद्योगले बजारमा बिक्री–वितरण गरेको भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको जनाएको छ ।

साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित विभागका शाखा अधिकृत मोहनकुमार पुडासैनी नेतृत्वको अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो ।

उद्योगलाई अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए । गत चैतमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहीन देखिएको उनले बताए ।

प्रकाशित : २८ भाद्र २०७४, बुधबार ११:२५