आइएमईबाट पैसा पठाउँदा ६ लाखको जीवनबिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

आइएमईबाट पैसा पठाउँदा ६ लाखको जीवनबिमा



काठमाडाै । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्वबहादुर राईले प्राप्त गरेका छन् ।  सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनौट भएका हुन् ।

भाग्यशाली विजेता राईले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्ने कम्प्नीले जनाएको छ ।

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् ।

मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कायक्रममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ ।

 

प्रकाशित : २८ भाद्र २०७४, बुधबार २०:२८