माथिल्लो त्रिशुली-१ परियोजनाको ‘पीपीए’ अघि बढाइदिन महरालाई च्याङको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माथिल्लो त्रिशुली-१ परियोजनाको ‘पीपीए’ अघि बढाइदिन महरालाई च्याङको आग्रह



काठमाडौं ।  दक्षिण कोरियाका साउथ-इष्ट पावर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाई वनले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महारालाई भेटी माथिल्लो त्रिसुली-१ जलविद्युत् आयोजनाका लागि बिद्युत खरिद सम्झौता (पीपीए) का लागि सहयोग गरी दिन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री महरालाई मन्त्रालयमा बुधबार च्याङले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ रुपियाँ हस्तान्तरण गर्ने कार्यक्रममा उक्त कुरा ब्यक्त गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली-१ परियोजना भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराएका छन् ।

पछि उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरेका थिए। उपप्रधानमन्त्री महराले कोरीया साउथ-इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद दिएका छन् ।

उनले कम्पनीले सुरु गरेको माथिल्लो त्रिसुली-१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली-१ परियोजना भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी दिए। उनले विद्युत् खरिद् सम्झौदा (पीपीए) लाई अघि बढाइदिन आग्रह समेत गरेका छन् । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताएका छन् |

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १०:३४