निःशुल्क भिसा र टिकटको प्रावधान स्विकार्न व्यवसायी सहमत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निःशुल्क भिसा र टिकटको प्रावधान स्विकार्न व्यवसायी सहमत



काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटका विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरु अन्ततः उक्त व्यवस्था स्विकार्न सहमत भएका छन् ।

शनिबार राति यसबारे सरकारसँग ३१ बुँदे सहमति भएको हो । सहमति भएसँगै आइतबारदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् । सहमतिअनुसार अब तीन महिनाका लागि परीक्षणका रुपमा निःशुल्क भिसा र टिकटको प्रावधानलाई मेनपावर व्यवसायीहरुले स्विकार्ने छन् ।

फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र परे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयंले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको छ ।

सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल पनि गठन गरिने भएको छ । कार्यदलले खाडी मुलुकका ६ देश र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ ।

सोही प्रतिवेदनअनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने/नहुनेबारे टुंगो लाग्ने बताइएको छ ।

सरकारले असार २१ गतेदेखि खाडी देशका ६ र मलेसिया गरी ७ देशमा फ्री भिसा र टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित : १० श्रावण २०७२, आईतवार ०२:५४