१८ कम्पनीको साढे ३ अर्बको साधारण सेयर अाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१८ कम्पनीको साढे ३ अर्बको साधारण सेयर अाउदै



काठमाडाै । १८ कम्पनीले करिब साढे ३ अर्ब रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएका छन् कम्पनीको पुँजी बढाउन ३ कम्पनीले एफपिओ (फर्दर पब्लिक अफरिङ) र बाँकीले साधारण सेयर (आइपिओ) जारी गर्न लागेका हुन् । सर्वसाधारणका लागि सेयर निष्कासन गर्न ती कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाइसकेका छन् ।

१८ मध्ये १४ जलविद्युत, विकास बैंक २ तथा १/१ वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीले सेयर जारी गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४१ करोड ३३ लाख ३ हजार ५ सय रुपैयाँको सेयर जारी गर्दैछन् ।

१४ जलविद्युत कम्पनीले ३ अर्ब ३६ करोड ६८ लाख ३ हजार ५ सय रुपैयाँको ३ करोड ३६ लाख ६८ हजार ३५ कित्ता सेयर जारी गर्दैछन् ।

यसैगरी, दुई विकास बैंकले ४ करोड ६५ लाख रुपैयाँको ४ लाख ६५ हजार कित्ता सेयर जारी गर्ने भएका छन् । बुटवल पावर कम्पनी, प्रिमियर इन्स्योरेन्स र एनएमबि बैंकले एफपिओ जारी गर्दै छन् । यी कम्पनीले क्रमशः ४० लाख ८१ हजार कित्ता, ६ लाख ५९ हजार ५ सय ६५ कित्ता र १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ जारी गर्नेछन् ।

गत बैशाखदेखि आवेदन दिएका कम्पनीको कागजात अध्ययन भइरहेको धितोपत्र बोर्डले जानकारी दिएकाे छ । अावदेन दिएका रसुवागढी जलविद्युत कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रो पावर र राधी विद्युत कम्पनीलाई कागजातको ‘कमेन्ट’ पठाइएको छ ।

आँखुखोला जलविद्युत कम्पनी, गज्र्याङ उपत्यका हाइड्रो पावर कम्पनीसँग थप विवरण मागिएको छ । पाइपलाइनमा रहेका अन्य कम्पनीलाई आवश्यक कागजात तथा अपुग विवरण पठाउन बोर्डले आग्रह गरेको छ ।

अावेदन दिएकामध्ये सबैभन्दा बढी रसुवागढीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर आउँदैछ । यो र सान्जेन जलविद्युत कम्पनीले लगानीकर्ता संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र लगानीकर्ता संस्थाका लागि सेयर जारी गर्दैछन् ।

सिइडिबी हाइड्रो फन्ड र राधीले सर्वसाधारणका लागि र बाँकी कम्पनीले आयोजना प्रभावित तथा स्थानीयका लागि सेयर जारी गर्दैछन् ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १२:४४