कुलमानको योजनाः १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण प्रणाली विस्तार गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कुलमानको योजनाः १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण प्रणाली विस्तार गर्ने घोषणा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गरेका छन् ।

आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने  उनले बताए ।

घिसिङले अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना पनि सुनाए । सँगै विभिन्न सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने जानकारी घिसिङले दिए ।

प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि पनि लागेको उनको भनाइ छ । प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताएको छ ।

असहज अवस्था

 

यसै बिच उनले आउदो हिउँदमा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको  बताएका छन्  । गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने   बताए ।

बढी बिजुलीको माग हुने साँझको २ घण्टा पनि माग व्यवस्थापन हुने उनले स्पष्ट पारे ।लोडसेडिङ फेरी हुन्छ भन्ने हल्लालाई चिर्दे घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन् । साँझ उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्टपारे ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १४:०१