नेपाल ग्रामीणको एफपीओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल ग्रामीणको एफपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल ग्रामीण विकास बैंक (Nepal Grameen Bikas Bank Ltd.) ले फर्दर पब्लिक अफरिङ अर्थात एफपीओ भदौ २७ गतेदेखि निष्काशन भइरहेको छ । कम्पनीले आईपीओ कै भाउमा अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ९ करोड ७५ लाख रुपैयाँको शेयर निष्काशन गरेको हो ।

बैंकको शेयरमा लगानीकर्ताले भदौ २७ देखि भदौ ३० अर्थात आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको शेयरमा धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ । बैंकको शेयरमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४८७० कित्ता शेयरमा आवेदन दिन सकिनेछ ।

बैंकको एफपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैंककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ ।

प्रकाशित : ३० भाद्र २०७४, शुक्रबार १०:५३