नेपाल हाइड्रो डेभलपरको आईपीओ तपाईलाई कति पर्यो ? यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल हाइड्रो डेभलपरको आईपीओ तपाईलाई कति पर्यो ? यसरी हेर्नुस नतिजा



काठमाडाै । नेपाल हाइड्रो डेभलपरको आईपीओ ३६ हजार २७० जनाले मात्र हात पारेका छन। बिक्री प्रबन्धक एनएमबि क्यापिटल कार्यालयमा नेपाल हाइड्रो डेभलपरको गोलाप्रथाबाट बाँडफाँड भएको हो।

नेपाल हाइड्रो डेभलपरको निष्काशन गरेको आइपीओमा चार गुणा बढीले आबेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। नेपाल हाइड्रोको आईपीओमा परेको कुल आबेदन मध्ये १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आबेदन रद्द भएको छ।

कम्पनीले गत साउन २७ देखि साउन ३२ सम्म ३ लाख ९० हजार आइपीओ निष्काशन गरेको थियो। जस मध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो।

कम्पनीले गत मङ्सिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीको लागि दुई लाख ६० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।कम्पनीले उक्त शेयर बाँडफाँड गरिसकेको छ।

सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ । कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।

नतिजा हर्न तलको लिन्क थिच्नुस

 

Web Allotee List Nepal Hydro.xlsx – Web Allotee List

 

 

 

प्रकाशित : ३० भाद्र २०७४, शुक्रबार १४:०५