शरीरमा पानीको कमीले डिहाइड्रेसन होला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शरीरमा पानीको कमीले डिहाइड्रेसन होला



डिहाइड्रेसन के हो ?

पानी हाम्रो शरिरका लागि महत्वपूर्ण तत्व हो । शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ । विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ । शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ ।

जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ ।पानी बाहिर धेरै निस्किने स्थितिमा पानी पनि उत्तिकै पिउन जरुरी छ  ।

आज निर्वाचन । धेरै समय लाइनमा बस्नुपर्ने, हिँडेर मतदान केन्द्र पुग्नुपर्ने र आफू जित्न वा आफ्नालाई जिताउन दिनभरि यताउता गरिरहनु पर्ने होला धेरैलाई । हिजो राति प्रशस्त निद्रा नपुगेको पनि हुन सक्छ कतिको । त्यसैले यो अवस्थामा पटक पटक पानी पिउन छुटाउनु हुँदैन । कतिपय अवस्थामा नजिकै पानी नपाउने र कतिपय अवस्थामा व्यस्त भएर ख्यालै नजाने हुन सक्छ यो अवस्थामा । त्यसैले पनि साथमै पानी बोकिरहँदा राम्रो हुन्छ । शरीरमा पानी कम हुँदा के हुन्छ त ?

 

१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ । शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन् ।

२. दम
जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ । जसका कारण श्वास लिन समस्या हुन्छ । यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ । पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ । यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

३. रक्तचाप
गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको रगतमा मौजूद पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरैपानी खाने सल्लाह दिइन्छ । उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

४. उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निमाृण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन ।

५. छालासम्बन्धी समस्या
पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ । पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ ।

६. पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौं समस्या निम्तन सक्छ । जस्तै, अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

७. तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

८. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ । लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

९. मधुमेह
मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ । योभन्दा बढी भयो भने कमजोरी महसूस हुन्छ र शरीरमा पानीको कमी हुन्छ ।

१० जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ । शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ । रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ ।

११. मिर्गौलाको समस्या

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निमाृण हुन्छ । यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरतहुन्छ । पानी कमहुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन् ।
स्रोत: वन्ली माइ हेल्थ

प्रकाशित : ३० भाद्र २०७४, शुक्रबार १९:५२