जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद अाजदेखि,कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद अाजदेखि,कहाँबाट दिने अावेदन ?



काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको (Jebils Finance Ltd.) ले एक बराबर एकको अनुपातमा अर्थात शत प्रतिशत हकप्रद आज असोज १ गतेदेखि निष्काशन भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा चुक्ता २८ करोड ८९ लाख ५६ हजार २५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

फाइनान्सको हकप्रदमा गत भदौ १२ गतेसम्म कायम रहेका शेयरधनीले असोज १ गतेदेखि कार्तिक ५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । शत प्रतिशत हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ कायम हुनेछ ।

कहाँ-कहाँ दिन सकिन्छ आवेदन

हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोडबाट आवेदन दिन सकिने छ । त्यस्तै उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जानकारी दिएको छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार ११:२३