देव: विकासको एटिएम कार्ड प्रयोग अब नि:शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देव: विकासको एटिएम कार्ड प्रयोग अब नि:शुल्क



काठमाडौं। देव: विकास बैंक लिमिटेडले भिसा डेबिट/एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्क निशुल्क गर्ने भएको छ । बैंकले ग्राहकलाई सजिलो सुरक्षित, विश्वसनिय एंव भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेबिट एटिएम कार्ड प्रयोग गर्दा लाग्ने ३० रुपैयाँ शुल्क निशुल्क गर्ने भएको हो ।

बैंकका सम्पूर्ण भिसा कार्डबाहकका लागि असोज १ गते देखि लागू हुनेगरी शुल्क मिनाहा गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले जारी गरेको भिसा डेबिट/एटिएम कार्ड नेपालमा ७९२ भन्दा बढी एटिएम सञ्जाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ ।

बैंकले विद्यमान स्मार्ट च्वाईस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेबिट/एटिएम कार्ड सेवालाई समेत निरन्तर प्रचलनमा ल्याइरहेको जनाएको छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १४:३३