नेप्सेमा एकैदिन ५० अंकको बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा एकैदिन ५० अंकको बृद्धि



STOCKकाठमाडौं । मौद्रिक नीति घोषणासँगै शेयर बजारमा आइतबार पनि उछाल आयो । कारोबार शुरु हुन नपाई नेप्से उच्च दरले बुलिस ट्रेण्डमा अगाडी बढ्यो ।

दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजारमा पनि बृद्धि उस्तै रहेर ५ प्रतिशत बढेपछि बजार दिनभरीलाई स्थगित गरियो । आइतबार मुस्किलले ४० मिनेट पनि कारोबार हुन पाएन ।
नेप्से ५० अंकले उकालो लागेर १ हजार ५३ पुगेपछि नेप्सेले दिनभरकै लागि कारोबार स्थगित ग¥यो । मौद्रिक नीतिले २ बर्षभित्र बैंक तथा वित्तीय संस्थाको उल्लेख्य मात्रामा पूँजी बढाउनुपर्ने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित बनेका हुन् ।

यस दिन कारोबार भएका सबै समूह उकालो लागे । नेप्सेमा महत्वपूर्ण हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सूचक ६० अंकले बढ्यो । बीमा समूहको सूचक सबैभन्दा उच्च २ सय अंकले बढ्यो । जलविद्युत समूहको सूचक पनि १ सय ६ अंकले बढ्यो । विकास बैंक समूहमा पनि २९ अंकको बृद्धि आयो । होटल समूह २८ अंकले बढ्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय १४ कम्पनीको १७ लाख कित्ता बढी शेयर ३४ करोड बढीमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित : १० श्रावण २०७२, आईतवार १६:५५