आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्वन गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्वन गर्न माग



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्वन गर्न माग गरेको छ ।

आईतबार आपुर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापन पत्र बुझाउँदै वाइसीएलले महाप्रबन्धक सहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीलाई तुरुन्त निलम्बन गरी कानुनी कारवाहीका लागि प्रकृया थाल्न ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री मण्डलले जग्गा खरिदमा उठेका प्रश्नवारे सवैतिर चासो रहेको भन्दै दोषीमाथि कारवाही हुने बताए । उनले अनियमितता रोक्न चाहनेको पनि चासो बढेको भन्दै सवैतिरबाट भएका छानविनका आधारमा दोषीलाई उम्किन नदिइने बताएका हुन । मन्त्री मण्डलले दोषी हठर भए तत्काल कारवाहीका लागि सरकार पनि तयार रहेको जानकारी दिए ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १८:०४