दुई नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनःशीर्ष नेतादेखि सर्वसाधारण मतदाता उत्साहपूर्वक मतदानमा सहभागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनःशीर्ष नेतादेखि सर्वसाधारण मतदाता उत्साहपूर्वक मतदानमा सहभागी



दुई नम्बर प्रदेशमा सोमबार बिहानदेखि सुरु भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारण मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्। त्यस्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि मतदान गरेका छन् । नयाँ संविधानको प्रावधान अनुसार उक्त प्रदेशका ८ जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा आममतदाताको उत्साहजनक सहभागीता रहेको छ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गृहजिल्ला रौतहटको गौर नगरपालिका ३ स्थित रामजानकी प्राविको मतदान केन्द्रमा पुगेर मतदान गरका छन् भने उनले मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटीकामा मत खसाल्दा चिन्हलाई बाहिर देखिनेगरी पट्याएर खसाएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उता नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरको राजेश्वरी निधि स्कूलमा पुगेर मतदान गरेका छन् ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार ११:५२