सन्राइज सुरक्षित घर कर्जा अन्र्तगत बीमा रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सन्राइज सुरक्षित घर कर्जा अन्र्तगत बीमा रकम भुक्तानी



काठमाडौ ।सन्राइज बैँक लिमिटेडले काठमाण्डौंमा आयोजित एक कार्यक्रम बीच लुभु शाखाबाट सुरक्षित घर कर्जा उपभोग गरिरहनु भएका ग्राहक श्रीप्रसाद तण्डुकारको निधन भएकोमा निज ग्राहकले घर कर्जा रकम बराबरको बीमा रकम र बोनस सहित रु १५,७४,२५०।– सो कर्जा योजनाको साझेदार प्राइम लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सनराईज बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई मृतक ग्राहकका छोरा सुमन तण्डुकारको उपस्थितिमा हस्तान्तरण गर्नु भएकाे छ  । उल्लेखित रकम मध्य १५ लाख रकमले बैंकको साँवा रकम चुक्ता गरिनेछ भने बाँकी बोनस रकम मृतकको छोरा सुमन तण्डुकारलाई उपलब्ध गराइनेछ ।

बैँकले आफ्ना ग्राहकहरुलाई ऋण रकम बराबरको सावधिक जीवन बीमा सहितको सन्राइज सुरक्षीत घर कर्जा योजना विगत २ वर्ष देखि संचालनमा ल्याएको छ । जस अन्तर्गत, ग्राहकहरुको कर्जा रकम बराबर जीवन बीमा गरिनुको साथै निजहरुलाई बीमाको अवधि अनुसार बोनसमा समेत सहभागिता गराइदै आएकोे छ । साथै कथम्–कदाचित ग्राहकको मृत्यु भएमा बीमा कम्पनीबाट पूर्ण रुपमा कर्जा रकम चुक्ता गरिनुको साथै तोकीएको असाध्य रोगले ग्रसीत भई अशक्त भएमा बीमा सुविधा बापत हरेक महीना निश्चित रकम निश्चित समयका लागि प्रदान गरिने व्यवस्था रहेको छ । यस कर्जा योजना अनुसार कर्जाको सम्पूर्ण दायित्व बीमा कम्पनीले बहन गरीदिने हुनाले निजका परिवार समेत बैंक प्रतिको आर्थिक दायित्वबाट मुक्त हुनेछन् ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १६:५३