संरक्षक भुषण सिद्धार्थ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संरक्षक भुषण सिद्धार्थ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा नियुक्त



काठमाडाै । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसाय प्रवर्धनका लागि टेनिस खेलाडी संरक्षण्क भुषण बज्राचार्यलाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । ब्राण्ड एम्बेसडर नियुक्त सम्वन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्री र संरक्षक भुषण बज्राचार्यले हस्ताक्षर गरे ।

जुनियर समूह अन्तरगत बज्राचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्राप्त गरेको सफलतालाई कदर गर्दै भविष्य टेनिस खेल प्रति उनको लगाव एवम् हौसला अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत भएको ब्राण्ड एम्बेसडर नियुक्तिले खेलकुदका विकास तथा बीमा व्यवसायको व्रर्वधनमा समेत सघाउ पुग्ने विश्वास इन्स्योरेन्सले लिएको इन्स्योरेन्सका नायव महाप्रवन्धक मुरारी रेग्मीले प्रेस विज्ञप्ति मार्फत जनाएका हुन् ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १९:०१