इन्भेष्टमेन्ट बैंकको साधारण सभा कात्तिक ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्भेष्टमेन्ट बैंकको साधारण सभा कात्तिक ७ गते



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने विषेश प्रस्ताव गर्ने भएको छ । यसैगरी, सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । इन्भेष्टमेन्टको यो ३१ औं वार्षिक साधारण सभा हो । बैंकको प्रवन्धपत्र तथा नियमावलीको विभिन्न दफा तथा नियममा रहेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३’ लाई संशोधन गरी ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ राख्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुने भएको छ । सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । साधारण सभा गर्न बैंकले असोज १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा, असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पउन सक्नेछन् । इन्भेष्टमेन्टको साधारण सभा कात्तिक ७ गते बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौंमा हुँनेछ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्भेष्टमेन्टको सेयर पुँजी १० अर्ब ६२ करोड ६४ लाख ३५ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : ३ आश्विन २०७४, मंगलवार १२:००