रिलायबल माईक्रोफाइनान्सको शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल माईक्रोफाइनान्सको शेयर लिलामीमा



काठमाडौं । रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शेयर लिलामीमा निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समुहतर्फको २ हजार ७ सय ९७ कित्ता हकप्रद शेयर लिलाममा बिक्री गर्ने भएको हो ।

कम्पनीले गत असार २५ देखि साउन २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारि गरेको थियो । संस्थाको नविकेको हकप्रद लिलामको लागि असोज १७ देखि २५ गतेसम्म बिक्री खुल्ला गर्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

बोलपत्र आवेदनको लागि संस्थाले न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको छ । संस्थाले न्युनतम एक सय कितादेखि अधिकतम १० ले भाग जाने अंकमा रहेर सम्पुर्ण कित्ताका लागि आवेदन दिन पाइने जनाएको छ ।

आवेदन परेका बोलपत्र असोज २६ गते दिउँसो १२ बजे सिभिल क्यापिटल मार्केट सुनधारामा खोलिने संस्थाले जनाएको छ ।

प्रकाशित : ३ आश्विन २०७४, मंगलवार १२:१८