मञ्जुश्रीको विशेष साधारण सभा असोज २५ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्रीको विशेष साधारण सभा असोज २५ मा



काठमाडौं । मञ्जुश्री फाइनान्सको विशेष साधारण सभा असोज २५ मा हुने भएको छ । सभामा मञ्जुश्रीले हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत  हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्दैछ । त्यस्तै, हकप्रद निष्कासन गर्दा जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसको लागि आवश्यक नियम संशोधन गर्ने अख्तिायारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुँदैछ । सभा थापागाँउ ब्याङ्क्वेट थापागाँउ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि मञ्जुश्रीले असोज ९ मा बुक क्लोज गर्ने भएको छ । साधारण सभाबाट हकप्रद प्रस्ताव पास भएपछि मात्र निष्कासन प्रकृया अघि बढ्नेछ । मञ्जुश्रीले गत माघ ६ गतेदेखि फागुन ११ गतेसम्म पनि ४३ लाख ८६ हजार ३७५ कित्ता ९१७५५० हकप्रद सेयर बिक्री खुला गरको थियो । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ६ करोड ४२ लाख ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : ३ आश्विन २०७४, मंगलवार १२:२९