किसान माइक्रोफाइनान्सको २४.२२% हकप्रद सेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसान माइक्रोफाइनान्सको २४.२२% हकप्रद सेयर बिक्री खुला



काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको बुधबार (असोज ४)  देखि २४ दशमलव २२ प्रतिशत  हकप्रद सेयर बिक्री खुला भएको छ । किसानले १००ः२४ .२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने कात्तिक ७ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सीटीसी मल सुन्धारा तथा सिभिल बैंकका विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, किसान माइक्रोफाइनान्सको कन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि यसको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८ पैसा छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ११:२५